नेपाल आइस हक्की संघ

आइस हक्की संघमा पाठककै निरन्तरता

काठमाडौं । नेपाल आइस हक्की संघको अध्यक्षमा भुवन पाठकले नै निरन्तरा पाएका छन् ।

शुक्रबार सम्पन्न संघको चुनावी साधारण सभाले अध्यक्षमा पाठकलाई अध्यक्षमा निरन्तरता दिदै ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो  ।

उपाध्यक्षमा विजय खड्का, गणेशप्रसाद रिमाल र मनोजकुमार ढुंगेल, महासचिवमा राजेश रिजाल, सचिवमा दीपकराम नेपाल तथा कोषाध्यक्षमा ठाकुरप्रसाद पौडेल छन् ।

यसैगरी सदस्यमा प्रज्ज्वल थापा, दिपेन योकपाङदेन, कमलेशकुमार मण्डल र प्रतिक लोहनी चयन भए । कोटेश्वरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरे ।