पब्लिक कप फुटसल

भ्याली पब्लिक कप फुटसल सुरु


काठमाडौं । भ्याली पब्लिक स्कुलको आयोजनामा तेश्रो भ्याली पब्लिक कप अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन  भ्याली पब्लिककी सह संस्थापक सुनिता अधिकारी र भाइस प्रिन्सिपल सुशिल वाग्लेले गरे । प्रतियोगितामा १८ टोली सहभागी छन् ।

सुन्दरबस्तीस्थित आयोजकको नवनिर्मित कभर्डहलमा भएको उद्घाटन खेलमा पुष्पलाललाई ५-३ ले पराजित गरेको भ्याली पब्लिक ‘ए’ ले प्रशान्तीसँग भने भ्याली ३-३ को बराबरी खेल्यो ।

यसैगरी श्रृष्टि ज्ञानले भ्याली पब्लिक ‘बी’ लाई ४-०, सनराइजले हिमालयनलाई ६-३, कान्तिपुरले वेदव्यासलाई ४-३, हिमालयनले पुष्पलाललाई ४–१, वेदव्यासले साम्तेनलाई ३-२, कान्तिपुरले भद्रकालीलाई ४-०, सनराइजले प्रशान्तीलाई ३-०, साम्तेनले भद्रकालीलाई १०-०, रिपु मर्दिनीले अनिता मिलनलाई २-१ र फेरिल्यान्डलाई ४-०, बाल विकासले फेरिल्यान्डलाई ३–० तथा अनिता मिलनले ओमलाई ६–१ हराए ।

प्रतियोगिताअन्तर्गत शनिबार लिग चरणका खेल सम्पन्न हुने भ्याली पब्लिकका इसिए इन्चार्ज पूर्ण न्यौपानेले जनाएका छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।