नेपाली फुटबल

फुटबलर रोहित चन्दलाई पितृ शोक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दलाई पितृशोक परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति सदस्यसमेत रहेका रविन्द्र चन्दका पिता अर्जुनको ६९ वर्षको उमेरमा निधन भएको हो ।

एक महिनादेखि उपचाररत चन्दको महाराजगंज स्थित टिचिङ अस्पतालमा राति १०ः५५ बजे निधन भएको एन्फा कार्यसमिति सदस्य रुपेश अधिकारीले जानकारी गराए ।

चन्दको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ । रोहित र रविन हाल दुबै नेपालमै रहेका छन् । चन्दका दुई छोरा र एक छोरी छन् ।