नेपाल-हङकङ शृंखला

हङकङविरुद्ध नेपालले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोलीविरुद्ध पहिलो खेलमा टस जितेको छ ।

शनिबार हङकङमा भएको खेलमा कप्तान रोहितले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । हङकङले सुरुवाती ब्याटिङ गर्नेछ ।

नेपालले आईसिसी टी–२० विश्वकपको तयारी लागि हङकङसँग खेल्न लागेको हो । प्रशिक्षक मोन्टी देशाईले अनुभवी केही खेलाडीलाई विश्राम दिँदै नयाँ खेलाडीलाई अवसर दिएका छन् ।