काठमाडौं । तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै आइसिसी ट्वान्टी २० विश्वकपका लागि नेपालको टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ( क्यान) बुधबार रोहितकुमार पौडेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपालले यसै महिना एसिसी प्रिमियर कप खेलको टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर आएका हुन् ।
जारी वेस्ट इन्डिज ए विरुद्धको ट्वान्टी २० शृंखलाबाट विवेक र अकाशसहित विनोद भण्डारी आरिफ शेख र लोकेश बम टिममा परेनन् ।
जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।
नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी,प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहोरा, कमलसिंह ऐरी, सागर ढकाल