चैत्र १४, २०८२ शनिबार | २३:३५:३२
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

स्कटल्यान्डविरुद्ध अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेड चम्किएपछि अस्ट्रेलियाले स्कटल्यान्डविरुद्धको पहिलो ट्वान्टी २० खेलमा ७ विकेटको सहज जित निकालेको छ ।

बुधबार राति एडिनबर्गमा भएको खेलमा पहिला ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले ९ विकेट गुमाउँदै एक सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ९.४ ओभरमै ३ विकेट गुमाएर भेट्टायो ।

योसँगै तीन खेलको शृंखलामा अस्ट्रेलियाले १–० ले अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार तथा तेस्रो खेल ७ सेप्टेम्बरमा हुनेछ ।

अस्ट्रेलियाको जितमा हेडले २५ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ८८ रन बनाए । कप्तान मिचेल मार्सले १२ बलमा ३९ तथा जस इङ्लिसले २७ रनको योगदान गरेका हुन् ।

स्कटल्यान्डका मार्क वाटले सर्वाधिक दुई विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डको लागि चार्लिस कासेल र जस्पर डेभिडसनले डेब्यु गरेका छन् ।

ओपनर जर्ज मुन्सेले सर्वाधिक २८ रन बनाए । म्याथु क्रसले २७, कप्तान रिची बेरिंघनले २३ तथा ब्रान्डन म्याकमुलनले १९ रनको योगदान गरे ।

अस्ट्रेलियाका सेन एबोटले सर्वाधिक तीन तथा जाभियर बार्टलेट र एडम जाम्पाले समान दुई विकेट हात पारे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो