नेपाल-हङकङ शृंखला

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । ब्याटर बाबर हायतको सतकप्रेरित हङकङले पहिलो टी-२० खेलमा नेपाललाई दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार हङकङको मोङकोकमा हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१ २ रन बनायो ।

हङकङको इनिङ्समा बाबरले ४९ बलमा तीन चौका र १३ छक्कासहित ११० रन बनाएका हुन् । यसअघि ४६ बलमा तीन चौका र १२ छक्कासहित सतक बनाएका थिए ।

३२ वर्षीय दायाँ हाते ब्याटरले दोस्रो सतक बनाएका हुन् । ५०औं खेल खेलेका बाबरले यसअघि सन् २०१६ मा ओमानविरुद्ध एक सय २२ रन बनाएका थिए ।

यसैगरी अन्सुराथले ३२ बलमा ३९ रन बनाए । उनले दुई चौका र आठ छक्का प्रहार गरेका हुन् । यसअघि अ‍ोपनर मार्टिन कोइटजीले २१ बलमा पाँच चौका र एक छक्कासहित ३१ रन बनाएका हुन् । एजाज खान ११ बलमा २१ रन बनाएर अविजित रहे ।

नेपालका आकाश चन्दले तीन विकेट लिए । उनले ३ ओभरमा २७ रन खर्चिए । यही खेलबाट युवा बलर आकाश चन्दले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । आरिफ शेख, प्रतिश जिसी, आकाश चन्दा र रसिद खानले समान एक विकेट हात पारे ।