एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड

स्पोर्टस अवार्डः उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा पुरुष मात्र

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि  शुक्रबार उत्कृष्ट वर्ष प्रशिक्षकको शीर्ष तीन सार्वजनिक गरेको छ ।

यसअघि घोषणा भएको आठ खेलाडीको प्रारम्भिक मनोनयनबाट शीर्ष तीन छानिएका हुन् । उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा तीनै जना पुरुष परेका छन् ।

शीर्ष तीनमा क्रिकेटका जगत टमाटा, एथलेटिक्सका चन्द्र गुरुङ र बक्सिङका दीपक महर्जन छन् ।

उत्कृष्ट आठको मनोनयनमा फुटबलका अनन्त थापा, क्रिकेटको मोन्टी देसाई, फुटबलकीभगवती रानामगर, भलिबलका भरत शाह र पौडीका ओङ्देन लामा पनि थिए ।

अवार्ड समारोह यही माघ २८ गते होटल याक एण्ड यतिमा हुँदैछ ।

उत्कृष्ट प्रशिक्षक

जगत टमाटा (क्रिकेट)
जगत नेपालाई आठ वर्षपछि आइसिसी यु १९ विश्वकप क्रिकेटमा छनोट गराउन सफल प्रशिक्षक हुन् । संयुक्त अरब ईमिरेट्स ( युएई)लाई उसकै भूमिमा स्तब्ध बनाउँदै  एसिया छनोट जित्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको थियो ।

चन्द्र गुरुङ (एथलेटिक्स)
चन्द्रको प्रशिक्षणमा नेपालले १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा सिनियरतर्फ दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य पदक जितेको थियो ।
उनी बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालले एक स्वर्ण र दुई कांस्य पदक जित्दाका प्रशिक्षक हुन् ।

दीपक महर्जन (बक्सिङ)
दिपक एएसबीसी यु-२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा एक रजत र तीन कांस्य पदक दिलाउँदाका प्रशिक्षक हुन् । च्याम्पियनसिपमा सुष्मा तामाङले रजत तथा हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य पदक जितेका थिए ।