एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड

प्रशिक्षकको मनोनयनमा एक मात्र महिला

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि मञ्चले मंगलबार उत्कृष्ट वर्ष प्रशिक्षक को मनोनयन सर्वाजनिक गरेको छ ।

मनोनयमनमा फुटबल र क्रिकेटका समान दुई तथा भलिब, एथलेटिक्स, पौडी र बक्सिङका लागि समान एक प्रशिक्षका परेका छन् ।

मनोनयनमा परेका प्रशिक्षक
अनन्त थापा (फुटबल)
अनन्तको प्रशिक्षणमा नेपालले भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा बराबरी नतिजा निकालेको थियो ।

अनन्त थापा

अनन्तकै प्रशिक्षणमा नेपाले पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक एसियाली छनोटमा भियतनामविरुद्ध घरेलु मैदानमा दुई खेल खेलेको थियो ।

भगवती रानामगर (फुटबल)

भगवतीको प्रशिक्षणमा नेपालले बंगलादेशमा भएको साफ यु-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । उनी नेपाली महिला युथ टिमले दोस्रो पटक उपाधि जित्दाको मुख्य प्रशिक्षक थिइन् ।

साफ यु-१७ महिला च्याम्पियनसिपमा भने भगवतीको प्रशिक्षणमा रहेको नेपालले चौथो स्थान हासिल गर्यो ।

भरत शाह (भलिबल)
भरत काभा सेन्ट्रल जोन बिच भलिबलमा दुई रजत जित्दाका प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा नेपालको महिला र पुरुष टिमले रजत जितेको थियो ।

चन्द्र गुरुङ (एथलेटिक्स)
चन्द्रको प्रशिक्षणमा नेपालले १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा सिनियरतर्फ दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य पदक जितेको थियो ।
उनी बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालले एक स्वर्ण र दुई कांस्य पदक जित्दाका प्रशिक्षक हुन् ।

दीपक महर्जन (बक्सिङ)
दिपक एएसबीसी यु-२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा एक रजत र तीन कांस्य पदक दिलाउँदाका प्रशिक्षक हुन् । च्याम्पियनसिपमा सुष्मा तामाङले रजत तथा हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य पदक जितेका थिए ।

जगत टमाटा (क्रिकेट)
जगत  नेपालाई आठ वर्षपछि आइसिसी यु १९ विश्वकप क्रिकेटमा छनोट गराउन सफल प्रशिक्षक हुन् । युएईलाई उसकै भूमिमा स्तब्ध बनाउँदै  एसिया छनोट जित्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको थियो ।

मोन्टी देशाई (क्रिकेट)
नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल प्रशिक्षक  मोन्ट गत वर्ष निकै चर्चामा रहे ।  

मोन्टी देशाई

उनको प्रशिक्षणमा नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये नाैं खेल जिताएर नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल भएका थिए । यसैगरी अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपालले सोझै विश्वकप छनोट खेल्न पाएको थियो ।

ओङ्देन लामा (पौडी)
ओङ्देन नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबले सर्वाधिक २० स्वर्ण जित्दाका प्रशिक्षक हुन् । प्रतियोगितामा आर्मी २० स्वर्ण, नौ रजत सात  कांस्य पदक सहित ३६ पदक जित्न सफल भएको थियो  ।

आर्मीका लागि डुवाना लामाले नौ र नासिर याहा हुसेनले सात स्वर्ण जित्तेका थिए ।