नवौं राष्ट्रिय खेलकुद

राखेपले गर्याे १ करोड ४२ लाख २० हजार रुपैयाँ पुरस्कार वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।

राखेपले बिहीबार हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ हालसम्म सम्बन्धित खेलाडीको खातामा पठाइएको जनाएको हो ।

८ सय ४० स्वर्णका लागि १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीकै खातामा पठाइएको हो ।

राखेप अन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार अब ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको राखेपले जनाएको छ ।

हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखाको ०१-५३५०८८७ वा ९८४४३९६८८५ मा सम्पर्क गरी बुझ्न सकिने राखेपले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार  रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।

पुरस्कार रकम प्राप्त बाँकी खेलाडीको विवरण


बागमती प्रदेश

कोपिला लिम्बु (कराते), सेफिया पुन र नारायण गौतम (फेन्सिङ), रेगिशा गेमोसु (जिम्न्याष्टिक), सुस्मिता तामाङ र प्रमिला गुरुङ(आइटिएफ तेक्वान्दो ),टासी छिरिङ (गल्फ)    

एपिएफ

तेन्जिङ नाम्डोल रायन गुरुङ (पौडी) सुशिल गुरुङ (बास्केटबल), डायना ओझा र अनिल चौधरी (कराते) सिक्का सुवाल श्रेष्ठ र वियंका राई (टेबल टेनिसं), प्रदीप लामा र राजु नगरकोटी (फुटबल), समृद्धि महर्जन (सफ्ट टेनिस)

नेपाली सेना

हिमाली थापा  (हक्की), प्रक्षिता विक (सेपाकताक्रो), निशा बोहरा (कबड्डी), सरस्वती कठायत, मनमति धामी, पूजा ओड र अन्जली थापा (खो खो), इन्दिरा पौडेल (फेन्सिङ), सुरज थापा (प्याराग्लाइडिङ), लक्ष्मी जिसी (रग्बी), रोमन राना (हक्की), चित्रबहादुर ओली (एथलेटिक्स), रचना श्रेष्ठ (कुस्ती),दिलिप थापा मगर (पौडी)  

नेपाल प्रहरी

सुनिलकुमार थापा मगर र सकरशनाबहादुर राघुवंशी (पौडी), सन्तोष श्रेष्ठ  र चन्चला दुनुवार (कराते) श्यान्टु श्रेष्ठ (टेबल टेनिस)  

लुम्बिनी प्रदेश
विकास विक, विकरलसिंह रत्गैया, विष्णु विक, विष्णु थारु, इश्वर थारु रोहितकुमार वर्मा र विशाल थारु (खो खो)  

गण्डकी प्रदेश

अशिम शेरचन, राजु पुन , पुनम गुरुङ (जाग्रिती), युवराज लामा र ख्यामबहादुर क्षेत्री (आर्चरी), दिपक सुनुवार (बक्सिङ), पुष्कल छन्त्याल र लेखमान गुरुङ (बास्केटबल) अभिषेक डिम्डुङ (रामबहादुर) र धनी राना मगर (फुल कन्ट्याक्ट कराते) , बासु गुरुङ, कुशल गुरुङ र सन्तोष श्रेष्ठ (ह्यान्डबल), आशिष थापा मगर (एथलेटिक्स)

कोशी प्रदेश

रोशन मगर (आइटिएफ तेक्वान्दो), अवतार श्रेष्ठ (शारीरिक सुगठन ) 

सुदूरपश्चिम प्रदेश 

सुवास उपाध्याय  र हेमन्त पाल(भारोत्तोलन)    

मधेस प्रदेश

अम्रेशकुमार यादव ( कुस्ती)