वैशाख २८, २०८२ आइतबार | २०:५४:३१
रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन

मनाङको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

फाइल तस्बिर

काठमाडौं । कीर्तिमानी आठ पटकको सहिद स्मारक‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

मनाङले बिहीबार एक विज्ञप्ति निकाल्दै गुरुङलाई दुई सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

क्लबका अध्यक्ष विजय घले र गुरुङबीच बिहीबार औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गुरुङले बुधबार यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको एफसी खुमलटारको प्राविधिक निर्देशनकबाट राजीनामा दिएका थिए ।

गुरुङ हालै य-१७ राष्ट्रिय महिला टोलीको प्रशिक्षण  सम्हालेका थिए ।  गुरुङले गत वर्ष संकटका क्लबको प्रशिक्षका रुपमा काम गरेका थिए ।

किरण श्रेष्ठले राजीनामा दिएपछि मनाङ मुख्य प्रशिक्षक विहिन थियो ।

‘प्रतिभाशाली युवा प्रशिक्षकको नेतृत्वमा क्लबले आगामी दिन घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा राम्रो नतिजा निकाल्ने विश्वास लिएका छौं । गण्डकीलाई आधार बनाएर घरेलु फुटबलमा योगदान गर्ने क्लबको उद्धेश्यमा गुरुङको नियुक्तिले थप टेवा पुग्ने विश्वास छ’, क्लबको विज्ञप्तिमा भनिएको छ ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि बिष्णुले मनाङको टोली सम्हाल्न पाउँदा खुशी लागेको बताए ।

‘यस क्लबबाट खेल्ने रहर थियो । अहिले मुख्य प्रशिक्षकको रुपमा नेतृत्व गर्न पाउँदा खुसी छु । युवा प्रतिभाले भरिएको यति राम्रो टिम निर्माण गरिदिएकोमा किरण श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु,’ गुरुङले भने ।

क्लबका अध्यक्ष विजय घलेले नयाँ प्रशिक्षकको नेतृत्वमा टोलीले सफलता हासिल गर्नेमा आफु विश्वस्त रहेको बताए ।

‘घरेलु फुटबललाई विकेन्द्रिकरण गर्दै क्लबलाई व्यवसायीक बनाउने उद्धेश्यमा हामी दृढ छौं । नयाँ प्रशिक्षकको आगमनले क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लब फुटबलमा थप सफलता हासिल गर्नेमा विश्वस्त छु,’ घलेले भने ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP