सुदूरपश्चिम महिला लिगमा छनोट

तस्विरः एन्फा

काठमाडौं । कर्णाली प्रदेशविरुद्ध १-० को कठिन जित निकाल्दै सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगमा छनोट भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा जारी छनोट प्रतिायोगितामा मंगलबार सुदूरपश्चिमलाई जित दिलाउन यशोधा चिरालले निर्णायक गोल गरिन् ।

यशोधाले खेलको आठौं मिनेटमा गोल गरेकी थिइन् । जारी प्रयोगितामा उनको यो छैटौं गोल हो ।

तस्विरः एन्फा

जितसँगै पाँच खेलमा १२ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ । पराजित कर्णाली समान खेलबाट नौ अंकका साथ चौथो स्थानमा छ ।

सुदूरपश्चिम प्रदेश महिला लिगमा छनोट हुने दोस्रो टोली हो । यसअघि नै कोशी प्रदेशले लिगमा स्थान बनाइसकेको छ ।

अब कर्णाली र मधेशमध्ये एक टोली महिला लिगका लागि छनोट हुनेछन् ।