जुनियर विश्व कबड्डी प्रतियोगिता

१६ सदस्यीय नेपाली कबड्डी टोली इरान प्रस्थान

काठमडौं । दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ ।

फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान छन् । 

प्रशिक्षकमा कबड्डीकी पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा विरेन्द्रकुमार यादव छन् ।

प्रतियोगितामा १४ राष्ट्रको सहभागिता छ । प्रतियोगिताकै दौरान हुने एसियाली कबड्डी महासंघको बैठकमा भाग लिन अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा र महासचिव विनोद प्रजापति पनि टोलीसंगै इरान प्रस्थान गरेका छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले शनिबार नै बिदाई गरेका थिए ।