तेक्वान्दो

पारा तेक्वान्दोका सिर्जना र कविराज सम्मानित

काठमाडौं । गोठाटार तेक्वान्दो डोजाङले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको छ ।

शनिबार डोजाङकै आयोजनामा भएको प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा दुवै सम्मानित भएका हुन् ।

गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड-२०२२ वर्ल्ड पारा तेक्वान्दो ग्राँपी फाइनल (जि १०) मा सिर्जनाले के-४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमा स्वर्ण जितेकी थिइन् । 

अन्तर्राष्ट्रिय लेभल टु पारा तेक्वान्दो प्रशिक्षक लामाले उक्त प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनीहरुलाई संघीय सांसद मोहनबहादुर बस्नेत र डोजाङ प्रमुख प्रेम भण्डारीले नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।