हिसान खेलकुद सप्ताह

हिसान खेलकुद सप्ताहः सिसीआरसी र नवोदित सेमिफाइनलमा

सांकेतिक तस्बिर

 काठमाडौं । सिसीआरसी र नवोदित छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा  सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिसीआरसीले शनिबार ओमेगालाई ५५-२९ ले पराजित गरेको हो । सिसीआरसीको जितमा समिप खत्रीले १६ अंक योगदान गरे । लक्ष्मण गुरुङको १८ अंक सहयोगमा नवोदितले जेभियरलाई ४५–३४ ले हरायो ।

यसैगरी ह्वाइटहाउस र गोल्डेनगेट पनि सेमिफाइनलमा पुगे । ह्वाइटहाउसले जय मल्टिपल कलेजमाथि ३३–५ को सहज जित दर्ता गरेको हो। ह्वाइटहाउसका सन्तोष रायमाझीले १२ स्कोर गरे । टाइम्स विरुद्धको खेलमा गोल्डेनगेट ३७–३२ ले विजयी भयो । विजेता टोलीका उर्गेन लामाले २१ अंक जोडे ।

सेमिफाइनलमा गोल्डेनगेटको भेट ह्वाइटहाउससंग हुनेछ भने नवोदितले सिसीआरसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

गर्ल्सको सेमिफाइनलमा जेभियरले ह्वाइटहाउस तथा साइपालले रिलायन्सको सामना गर्ने छन् ।