कतार विश्वकप २०२२

नेदरल्यान्ड्स क्वार्टरफाइनल नजिक

काठमाडौं । अमेरिकाविरुद्धको खेलमा मेम्फिस डिपे र डेले ब्लाइन्डको गोलमार्फत पहिलो हाफमा २-० को अग्रता लिँदै नेदरल्यान्ड्सले कतार विश्वकपको क्वार्टरफाइनलतिर पाइला अघि बढाएको छ ।

डेन्जेल डम्फ्रिसको पासलाई गोलमा परिणत गर्दै डिपेले १०औं मिनेटमा नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डेले ब्लाइन्डले डच टोलीको अग्रता दोब्बर पारे । दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा नेदरल्यान्ड्सको दुवै गोलमा अवसर डम्फ्रिसले सिर्जना गरेका थिए ।

पहिलो हाफको अग्रता जोगाउन सके अन्तिम आठमा नेदरल्यान्ड्सले दुई पटकको पूर्व विजेता अर्जेन्टिना र अस्ट्रेलियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल आजै राति १२ः४५ बजे हुनेछ ।