समूह एच

पहिलो हाफमा उरुग्वेको अग्रता, पोर्चुगल र दक्षिण कोरियाको बराबरी

दोहा । उरुग्वेले कतार विश्वकप २०२२ अन्तर्गत समूह एच मा घानाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

२६औं मिनेटमा जर्जियान डे अराकेइटाले गरेको गोलमा उरुग्वेले अग्रता लिएको थियो । 

त्यसको ६ मिनेटपछि नै डे अराकेइटाको गोलमा उरुग्वेले अग्रता दोब्बर पारेको थियो । 

यसअघि २१औं मिनेटमा कप्तान आन्द्रे आयुले पेनाल्टीको अवसर गुमाउँदा घानाले अग्रता लिने अवसर गुमाएको थियो । 

समूह एच बाट पोर्चुगल २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । पोर्चुगलले अन्तिम १६ मा स्थान बनाइसकेको छ । घाना ३ अंकसहित दोस्रो स्थानमा छ भने उरुग्वे र दक्षिण कोरियाको समान १ अंक छ ।

अन्तिम १६ मा प्रवेश गर्न उरुग्वेलाई जित्नै पर्ने दबाब छ भने घानालाई बराबरीको नतिजा पनि अन्तिम १६ प्रवेशका लागि पर्याप्त बन्नसक्छ ।

समूह एच कै अर्कोे खेलमा पोर्चुगल र दक्षिण कोरियाले पहिलो हाफमा १-१ को बराबरी खेलेका छन् । खेलको पाँचौ मिनेटमा रिकार्डो होर्टाले गरेको गोलमा पोर्चुगलले अग्रता लिएको थियो ।

२७औं मिनेटमा योङ ग्वानले दक्षिण कोरियालाई खेलमा फर्काएका थिए ।

दक्षिण कोरियालाई पनि अघिल्लो चरण प्रवेशका लागि पोर्चुगलमाथि जित्नै पर्ने दबाब छ