जर्मनी

समूह चरणबाटै जर्मनीको बर्हिगमन,मेरो खेलजीवनकै खराब दिनः किमिच

दोहा । जोस्वा किमिचले कतार विश्वकप २०२२ को समूह चरणबाट जर्मनीको बर्हिमगनलाई आफ्नो खेल जीवनकेै सबैभन्दा खराब क्षणको रुपमा लिएको बताएका छन् ।

समूह इ को अन्तिम खेलमा जर्मनीले कोस्टारिकामाथि ४–२ को जित निकाले पनि त्यो समूह चरण पार गर्नका लागि पर्याप्त भएन । पहिलो खेलमा जापानलाई २–१ को नतिजा सुम्पिएको जर्मनी दोस्रो खेलमा स्पेनसँग १–१ को बराबरीमा रोकिएको थियो ।

कोस्टारिकामाथिको जितपछि जर्मनी चार अंक भए पनि समान अंक भएको स्पेनसँग गोलअन्तरमा पछि पर्दै समूह चरणबाट बाहिरिएको थियो । जर्मनी विश्वकपको समूह चरणबाट बाहिरिएको यो लगातार दोस्रो पटक हो । स्पेनले जापानलाई नतिजा सुम्पिनु नै जर्मनीको अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यमा बाधक बन्यो ।

यसअघि रुसविश्वपमा पनि जर्मनीको यात्रा समूह चरणमा सीमित भएको थियो ।

‘व्यक्तिगत रुपमा यो मेरो खेलजीवनकै सबै भन्दा खराब दिन हो’,किमिचले भने, ‘हामीले स्वभाविक लयभन्दा निकै खराब प्रदर्शन गर्यौ, विशेष गरि जापानविरुद्धको खेलमा । त्यो खेलको नतिजा नै हाम्रा लागि महंगो साबित भयो । हामी २०१८ को विश्वकप र २०२० को युरो कपमा समेत सुरुआती चरणबाट बाहरिएका थियौ । त्यसले टोली दुखी थियो ।यस पटक पनि हामी विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सकेनौ । त्यसले हामीलाई थप निराश बनाएको छ ।’