फ्रान्स

विश्वकप उपाधि रक्षा गर्नेमा भरान विश्वस्त

दोहा । फ्रान्सका रक्षक राफेल भरानले आफूहरु उपाधि रक्षाको लक्ष्यसहित कतार आए पनि  चार वर्ष अघिको टोली र वर्तमान टोलीबीच तुलना गर्न नहुने बताएका छन् ।

समूह चरणको दोस्रो खेलमा डेनमार्कलाई २–१ ले पराजित गर्दै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ मा समूह सी बाट नकआउट चरण प्रवेश गरिसकेको छ । 

भरानले चोटका कारण अस्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाएका थिए । २९ वर्षे भरानले अक्टोबरमा म्यानचेस्टर युनाइटेडले चेल्सीविरुद्ध १–१ को बराबरी खेल्दा ह्यामस्ट्रिङ समस्याका करण बाहिरिएका थिए ।

उपाधि रक्षाका लागि कतार पुगेको फ्रान्सकाे टाेलीमा रुसमा विश्वकपको उपाधि जित्दाको टोलीका  ९ खेलाडी छन् । यी विश्वविजेता खेलाडीको उपस्थिति बावजूद पनि फ्रान्सले गत संस्करणको जस्तो यस संस्करणमा प्रभावशाली प्रदर्शन गर्न नसकेको आरोप लाग्दै आएको छ । भरानले भने विगतको सफलताको तुलना अहिले गर्न नहुेन बताएका हुन ।

‘हामी गत संस्करको टोली र अहिलेको टोलीबीच तुलना गर्नु हुँदैन,’भरानले भने, 'त्यो बेलाको अवस्था र अहिलेको अवस्था फरक छ । विगतको सफलताबाट हामीले प्रेरणा लिने हो । त्यसको दबाब लिने होइन । हामी उपाधि रक्षाको लक्ष्यमा सफल हुनेमा विश्वस्त छौ ।ु

फ्रान्सले बुधबार समूह चरणको अन्तिम खेलमा ट्युनिसियको सामना गर्दैछ ।