वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगिता

लुम्बिनलाई गण्डकीको एक सय ६२ रनको लक्ष्य

काठमाडौं ।  गण्डकी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश सामु  जितका लागि एक सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले ३६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६१ रनको योगफल तयार पारेको थियो ।

गण्डकीका लागि सुदीप अर्यालले सर्वाधिक ३६ रनको योगदान दिए । त्यसैगरि दीपक डुम्रेले ३०, करण पंगीनीले २९, शिशिर भुसालले अविजित १२ र  गोविन्द विकले १० रन बनाए । 

लुम्बिनीका दुर्गेश गुप्ताले पाँच, निर्मल गुरुङले तीन तथा नर सार्की र तुलबहादुर थापाले समान एक विकेट लिए ।