वाई वाई यू १९ राष्ट्रिय प्रतियोगिता

प्रदेश एकलाई सुदुरपश्चिमको दुई सय ६५ रनको लक्ष्य

काठमाडौं । सुदुरपश्चिम प्रदेशले वाई वाई यू १९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एक सामु जितका लागि दुई सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ६४ रनको योगफल तयार पारेको थियो  । 

सुदुरपश्चिमका लागि कप्तान अनुराग सिंहले एक सय १२ बलमा आठ चौका र एक  छक्कामद्दतमा सर्वाधिक ८३ रनको योगदान दिए । मिलन बोहराले ७६ बलमा आठ चौका र एक छक्कामद्दतमा ६४ रन बनाए ।

तेस्रो विकेटका लागि मिलन र अनुरागले एक सय तीन रनको शतकीय साझेदारी गरेका थिए । त्यसैगरी दीपक बोहराले ३२,गजेन्द्र बोहराले २४,आकाश चन्दले २० र विशाल ऐरले १३ रन जोडे । 

प्रदेश एकका अभिनय राजवंशीले चार तथा आशिष मगर र दीपेश कंडेलले समान दुई विकेट लिए ।