फ्रान्स

बेन्जेमाको अनुपस्थिती खड्किएको छैनः चोआमेनी

दोहा । फ्रान्सका औरेलियान चोआमेनीले स्ट्राइकर करिम बेन्जेमाको अनुपस्थितीमा पनि आफूहरु विश्वकपको उपाधि रक्षा गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन ।

समूह डी मा शनिबार साविकको विजेता अर्जेन्टिना डेनमार्कमाथि २–१ को जितसहित कतार विश्वकप २०२२ को नकआउट चरण पार गर्ने पहिलो टोली बनेको थियो । समूह चरणको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले हराएको थियो । बलोन डी अर विजेता बेन्जेमा तिघ्राको चोटका कारण विश्वकपको पूर्वसन्ध्यामा टोलीबाट बाहिरिएका थिए ।

फ्रान्सका संचारमाध्यमले बेन्जेमा टोलीमा नहुँदा त्यहाँको वातावरण बिग्रिएको बताएका थिए । बेन्जेमा डिडियर डेसच्याम्पसको टोलीले सन् २०१८ मा रुस विश्वकपको उपाधि जित्दा पनि टोलीबाहिर रहेका थिए । चोआमेनीको पछिल्लो प्रतिक्रियाले सो खबरलाई झुटो साबित गरिदिएको छ ।

हामी करिम बेन्जेमा टोलीबाट बाहिरिए भनेर दुखी भएको भए आज लगातार दुई जितसहित अन्तिम १६ मा स्थान बनाउने थिएनौ होला,चोआमेनीले भने, हामी स्वभाविक लयलाई कसरी निरन्तरता दिने भन्नेमा केन्द्रित छौ । बेन्जेमा टोलीमा प्रमुख खेलाडी थिए । तर हामी उनको अनुपस्थिती खड्कियो भनेर बस्यौ भने खेल बिग्रन पनि सक्छ । संचारमाध्यममा आएका खबरमा कुनै सत्यता छैन ।
फ्रान्सले समूह चरणको अन्तिम खेलमा ट्युनिसियाको सामना गर्नेछ ।