समूह डी

अस्ट्रेलियाको नकआउट चरण प्रवेश सम्भवना जीवितै

दोहा । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत शनिबार समूह डी को खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० ले हराएको छ ।

अल जनुब स्टेडियमा खेलको २३ औं  मिनेटमा मिचेल ड्युकले  गरेको गोल अस्ट्रेलियाको जितमा पर्याप्त बन्यो । ट्युनिसियाविरुद्धको जितसँगै अस्ट्रेलियाले अन्तिम १६ प्रवेशको सम्भावना जीवित राखेको छ । 

अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा डेनमार्कको सामना गर्नेछ । 

समूह डी मा रहेका दुवै टोली पहिलो खेल जित्न असफल भएका थिए । अस्ट्रेलिया साबिकको विजेता फ्रान्ससँग ४–१ ले पराजित भएको थियो भने ट्युनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

समूह डी मा एक खेलमा तीन अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ भने दुई खेलमा समान तीन अंक जोडेको ट्युनिसिया दोस्रो स्थानमा छ । तेस्रो स्थानको डेनमार्क र चौथो स्थानको ट्युनिसियाको समान एक अंक रहेको छ । 

समूह डी मा आजै हुने अर्को खेलमा फ्रान्स र डेनमार्क भिड्दैछन ।