अभ्यास खेल

नेपालको सहज जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नामिबिया भ्रमणको तयारीमा रहेको नेपालले शनिबार डिडिसिएविरुद्धको दोस्रो अभ्यास खेलमा सात विकेटको जित निकालेको छ । 

डिडिसिएले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य नेपालले मात्र तीन विकेटको क्षतीमा पूरा गरेको थियो । 

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४८,आसिफ शेखले ३० र अर्जुन साउदले २८ रन जोडे । 

डिडिसिएका ध्रुव चौहान,रवी रोशन र पार्थ वधाराले समान एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङका लागि आएको डिडिसिएले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेको थियो ।

डिडिसिएका लागि काभ्य गुप्ताले ३४,सलिलले ३१ र वैभव शर्माले २६ रनको योगदान गरे । 

नेपालका सागर ढकालले पाँच ओभरमा १२ रन खर्चदै पाँच विकेट लिए । त्यस्तै कुशल भुर्तेलले दुई, सोमपाल कामी, हरीशंकर शाह र ललित राजवंशीले समान एक विकेट लिए ।

यसअघि पहिलो नेपालले डिडिसिएलाई तीन विकेटको नतिजा सुम्पिएको थियो । नेपाल भारतमा दुई अभ्यास खेलपछि त्यहीँबाट नामिबिया प्रस्थान गर्नेछ ।