ब्राजिल

रिचार्लीसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको सुखद सुरुआत

दोहा । रिचार्लीसनको दुई गोलप्रेरित ब्राजिलले बिहीबार सर्बियामाथि २-० को जितसहित कतार विश्वकप २०२२ मा सुखद सुरुआत गरेको छ । 

लुसेल आइकोनिक रंगशालामा सम्पन्न समूह जी को खेलमा ब्राजिललाई गोल खाता खोल्न ६२औं मिनेटसम्म कुर्नु परेको थियो । रिचार्लीसनले गरेको गोलमा ब्राजिलले अग्रता लिएको थियो । 

७३औं मिनेटमा रिचार्लिसनले एक्रोब्याटिक सटलाई गोलमा परिणत गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए ।

यसअघि समूह जी मा स्विट्जरल्यान्डले क्यामरुनमाथि १-० को जितसहित सुखद सुरुआत गरेको थियो ।

पाँच पटकको विश्वविजेता ब्राजिल दुई दशकपछि विश्वपको उपाधि जित्न चाहन्छ । सन् २००२ को विजेता ब्राजिलले त्यसपछि भने उपाधि जितेको छैन ।

ब्राजिल सन् १९३४ देखी विश्वकपको पहिलो खेलमा लगातार अपराजित रहँदै आएको छ । १९३४ मा ब्राजिल पहिलो खेलमा स्पेनसँग ३१ ले पराजित भएको थियो ।

समूह जी को दोस्रो खेलमा ब्राजिलले सोमबरा स्विट्जरल्यान्डको सामना गर्नेछ भने सर्बियाले सोही दिन क्यामरुनविरुद्ध खेल्नेछ ,