जर्मनी

रुस विश्वकपको निराशाजनक प्रदर्शन सुधार्ने प्रयासमा किमिच

दाेहा । जापानविरुद्ध खेल्दै कतार विश्वकपको अभियान सुरु गर्दै गर्दा चार पटकको विश्वकप विजेता जर्मनीलाई पक्कै पनि एउटा डरले भने सताउनले छ, कतै २०१८ कै गल्ती त दोहोरिने हैन ?

२०१८ को विश्वकपमा साविक विजेता जर्मनी मेक्सिको र दक्षिण कोरियासँग पराजित भएपछि अन्तिम स्थानमा रहँदै  समूह चरणबाट बाहिरिएको थियो । 
‘प्रेरणा सबैभन्दा ठुलो कुरा हो’,टोलीका डिफेन्सिभ मिडफिल्डर जोशुवा किमिचले भने‘हामीलाई थाहा छ त्यो भयानक थियो। तर, हामीले धेरै प्रतिक्षा गरेका छौं साढे चार वर्ष ।  मलाई लाग्छ ती गल्ती सुधार गर्दै हामी अघि बढ्ने छौं ’

‘पहिलो खेल धेरै महत्त्वपूर्ण छ । अघिल्ला प्रतियोगितामा पनि यस्तो देखिएको थियो । युरोमा हामीले पहिलो खेल हार्न पुग्यौं र उपाधीसम्म पुग्न सकेनौं,’  चार वर्ष अघि डिफेन्डरका रुपमा खेलेका उनले भने ।

टोलीमा रहेको कप्तान म्यानुएल नुअर, थोमस मुलर  लगायतका केही खेलाडी २०१४ को विश्वकप विजेता टोलीमा थिए तर किमिच, एन्टोनियो रुडिगर, सर्ज गिनाब्री, काई हाभर्ट्ज, इल्के गुन्डोगन, जमाल मुसियाला जस्ता खेलाडी भने पहिलो अन्तर्राष्ट्रिय उपाधिको खोजिमा छन् ।

मुख्य प्रशिक्षक हान्सी फ्लिकले आठ वर्षअघि जोचिम लउको सहायकको रुपमा काम गरेका थिए ।

म २०१४मा टोलीको हिस्सा थिए,लुकास पोडोलोस्की, म्याट्स हमिल्स, फिलिप लाहमसँगै,फ्लिकले भने,यस्तै परिस्थिती थियो,प्रतियोगिता अघि मानिसहरूले भनेका थिए कि उनीहरूले अझै ठूला उपाधि जितेका छैनन्। ’

‘यो पुस्ताको विशेषता हो कि तिनीहरू खेलमा धेरै केन्द्रित छन् र सधैं आफ्नो शतप्रतिशत दिने प्रयास गर्छन् । तिनीहरू त्यस्ता खेलाडी हुन् जसले सधैं मैदानमा उत्रिँदा राम्रो गर्ने प्रयास गर्छन् । यस्तो टोलीको प्रशिक्षकको रूपमा देख्न  आफुलाई पाउँदा गर्व लाग्छ,’ फ्लिकले भने, ‘हामीलाई थाहा छ प्रतिस्पर्धा सहज छैन । अर्जेन्टिना र साउदी अरेबियाको खेललाइ नै हेर्नुहोस् ,सबै सम्भव छ। तर यस्ता नतिजाले नै फुटबललाई सुन्दर बनाउँछ। आफ्नो प्रतिद्वन्द्वीलाई  कमजोर सम्झने भुल कहिले पनि गर्नु हुँदैन । विगत केही दिनदेखि हामीले उत्कृष्ट र सन्तोषजनक अभ्यास गरेका छौं, अहिले धेरै राम्रो अवस्था छ। हामी यस खेलमा धेरै सकारात्मक दृष्टिकोण राख्दै विपक्षीको सामना गर्न तयार छौं ।’


जर्मनीले योजनाको साथ किन अघि बढेन भन्ने प्रश्नको जवाफ दिँदै किमिचले भने ‘पहिला प्रतियोगिताको मजा लिनुहोस । विश्वकप खेल्ने खेलाडीको सपना हुन्छ । धेरै मानिसले हामीलाई पुराना कुरालाई बिर्सिदै अघि बढ्नुपर्छ भनेर विश्वस्त पार्ने प्रयास गरेका छन । धेरै समर्थक उत्साहित छैनन तर मलाई लाग्छ कि म यसको लागि तत्पर हुनुपर्छ । पुरान गल्तीलाई दोहो¥याउन हुँदैन ।’