फ्रान्स

फ्रान्सका रक्षक हर्नान्डेज बाहिरिए

दाेहा । फ्रान्सका रक्षक लुकास हर्नान्डेजले चोटका कारण कतारमा जारी विश्वकप २०२२ का बाँकी खेल गुमाउने भएका छन। 

दाहिने घुँडामा लागेको चोटका कारण २६ वर्षीय लेफ्ट ब्याक हर्नान्डेजले  विश्वकप गुमाउने पक्का भएको हो ।

समूह ‘डी’ अन्तर्गत गए राति सम्पन्न अस्ट्रेलियाविरुद्ध ४–१ को सहज जित निकालेको खेलमा उनी घाइते भएका थिए ।

उनी  उक्त खेलमा १३ औं मिनेटमै मैदानबाट बाहिरिएका थिए । उनलाई थियो हर्नान्डेजले प्रतिस्थापन गरे । चोटका कारण विश्वकप गुमाउने उनी फ्रान्सेली टोलीका चौथो खेलाडी हुन् । यसअघि चोटका कारण टिममा रहेका स्ट्राइकर करिम बेन्जेमा,क्रिस्टोफर एनकुकु र रक्षक प्रेसनल किम्बेम्पे बाहिरिएका थिए ।

त्यस्तै चोटकै कारण पाउल पोग्बा र एनगोलो कान्टेले भने टिममा पनि स्थान बनाउन सकेका थिएनन् । हर्नान्जेडको यो चोटले विश्वकप उपाधि रक्षा अभियानमा रहेका फ्रान्सलाई धक्का लागेको छ ।  फ्रान्सले आफ्नो दोस्रो खेलमा शनिबार डेनमार्कको सामना गर्नेछ ।