काभा च्यालेन्ज कप

काभा च्यालेन्ज कपः साउदी अरेबियासँग भिड्दै नेपाल

फाइल फोटो

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो चौथो खेलमा नेपालले शुक्रबार साउदी अरेबियाको सामना गर्दैछ ।

खेल कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा नेपाली समयअनुसार १ः४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघिका ३ खेलमा समान २ जित र १ हारको नतिजा निकालेको छ । यसअघि बंगालादेशलाई ३-१ र अफगानिस्तानलाई ३-२ को सेटमा हराएको नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा स्तब्ध बनेको थियो ।

यता साउदी अरेबीया भने पहिलो जितको खेजीमा छ । यसअघि साउदी अरेबिया श्रीलंका र उज्वेकिस्तानसँग समान ३-० र बंगालदेशसँग ३-२ को सेटमा पराजित भएको थियो ।

अक्टोबर १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।