फिफा विश्वकप छनोट

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा शुक्रबार ब्राजिल घरेलु मैदानमै भेनेजुएलासँग १-१ को बराबरीमा रोकिएको छ ।

अग्रता जोगाउन नसक्दा ब्राजिल अंक बाँड्न बाध्य बन्यो । बराबरीसँगै ३ खेलमा ७ अंक जोडेको ब्राजिल दोस्रो स्थानमा छ । भेनेजुएला समान खेलबाट ४ अंकका साथ छैटौं स्थानमा छ  ।

एरिना पान्टानल रंगशालमा खेलको ५० औं मिनेटमा गाब्रियल मेगल्हेसको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो ।  उनले नेयमारको पासलाई पोस्टको दिशा दिएका हुन् ।

खेल सकिन ५ मिनेट बाँकी छँदा एडवर्ड बेलोले गोल गर्ददा खेललाई बराबरीमा टुङ्गियो । उनले जेफरसन साभारिनोको पासलाई सदुपायेग गरे ।