भलिबल

अजिरकोट भलिबल प्रतियोगिता कात्तिकमा

काठमाडौं । गोगनपानी युवा क्लब र अजिरकोट गाउँपालिकाको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप प्रतियोगिता कात्तिकमा हुने भएको छ ।

पछिल्लो दुई संस्करण प्रतियोगिता दशै कप भलिबलको रुपमा आयोजना भएको थियो । तेस्रो संस्करण परिमार्जित गर्दै ‘अजिरकोट भलिबल प्रतियोगिता’ गरिएको संयोजक मोहन गुरुङले जनाएका छन् ।

प्रतियोगिता कात्तिक १ बाट ३ गतेसम्म वडा ४ को कोर्टमा आयोजना हुनेछ ।

‘गोगनपानी युवा क्लबको शान, समग्र अजिरकोट गाउँपालिकाको खेलकुदसँगै पर्यटन बिकास गराउने हाम्रो अभियान’ भन्ने मुल नारालाई आत्मसात गर्दै प्रतियोगिता आयोजना हुँदैछ,’ संयोजक गुरुङले भने ।

प्रतियोगितामा गोरखा, तनहुँ, लमजुङ र कास्की जिल्लाका  उत्कृष्ट १२ टोलीहरुको सहभागीता रहनेछ ।

विजेताले जनही ३० र उपविजेताले २० हजार रुपैँया पाउनेछन् । यसैरी सर्वाेत्कृष्ट खेलाडीले तीन हजार पाउने आयोजकले जनाएको छ ।