एएफसी फुटसल एसिया कप छनोट

फुटसल एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल

फाइल तस्बिर

काठमाडौं । एएफसी फुटसल एसिया कप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार घरेलु टोली मंगोलियाको सामना गर्दैछ ।

खेल उलानबाटरस्थित ब्यन्त उखा स्पोर्टस प्यालेसमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

लगातार दोस्रो पराजयसँगै छनोटबाट बाहिरिसकेको समूह ‘डी’ को नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल पहिलो खेलमा दक्षिण कोरियासँग ५-१ र दोस्रो खेलमा भियतनामसँग ५-० ले पराजित भएको थियो ।

यता मंगोलिया पनि सान्त्वना जितको लक्ष्यमा छ । मंगोललिया भियतनाम र दक्षिण केरियासँग समान ६-१ ले पराजित भएको थियो ।