भाद्र ५, २०८२ शुक्रबार | २३:३८:३७
उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल

उज्ज्वल तारा ‘रन फर गुड हेल्थ’ शनिबार

काठमाडौं । उज्ज्वल तारा ‘रन फर गुड हेल्थ’ को सातौं संस्करण शनिबार हुने भएको छ । हिन्दुहरुको महान चाड वडादशैंको अवसरका प्रतियोगिता हुन लागेको आयोजक उज्ज्वल तारा स्कुलले जनाएको छ ।

प्रतियोगिता संयोजक विष्णु कार्कीले हरेक वर्षझै यसपटक पनि निर्धारित समयमै प्रतियोगिता आयोजना हुन लागेको खेलाडी डटकमलाई बताएका छन् । ‘सदाझै यसपटक पनि निर्धारित समयमै आयोजना गर्दैछौं,’ संयोजक कार्कीले भने, ‘स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने, दशैंको अवसरमा प्रत्यक्ष भेटघाट तथा शुभकामना आदान प्रदान गर्ने र रमाईलो (रन फर फन) को लागि आयोजना गर्दै आएको ५ किलोमिटर दौडको तयारी पुरा भएको छ,’ उनले भने ।

गतवर्षमा झैं यो वर्ष पनि विभिन्न ७ बिधामा प्रतियोगिता आयोजना गरिने छ ।

प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुष, अभिभावकतर्फ पुरुष र महिला, युगलतर्फ एक र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलागरी सात विधामा प्रतिस्पर्धा हुनेछ ।

उज्ज्वल तारा स्कुलबाट सुरु हुने दौड हरहर महादेव, विष्ट गाउँ, गान्धी आदर्श स्कुल हुँदै उज्ज्वल तारा स्कुल आएर सम्पन्न हुनेछ । दौड विहान ६ बजे नै सुरु हुने आयोजकले बताएको छ ।

खुल्लातर्फका महिला पुरुष विजेताले १५ हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार पाउनेछन् । साथै अन्य विजेताहरुलाई ट्रफि र पदकसहित पोखरा र चितवनका तारे होटेलहरुमा खानेबस्ने सुविधा तथा ह्याम्स अस्पताल र जे.बी. प्याथोलोजी ल्याबबाट स्वास्थ्य परिक्षण सहितको उपहार रहेको छ ।

सहभागीले नाम दर्ता शुल्क बापत तीन सय ५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल अस्पताल’ लाई हस्तान्तरण गरिने संयोजक कार्कीले बताएका छन् । 

दौड अवसरमा नेपाली म्याराथन धावक बैकुण्ठ मानन्धरलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas