काठमाडौं । इङ्लिस फरवार्ड लरेन जेम्सले चोटका कारण नयाँ सिजनको केही खेल गुमाउने भएकी छन् ।
जेम्स युइएफए महिला च्याम्पियनसिपका दौरान घाइते भएकी थिइन् । चेल्सीले जेम्सको गोलीगाँठाको चोट निको हुन अझै समय लाग्ने बताएको छ ।
चेल्सीले जेम्स कति समय मैदान बाहिर रहने भन्ने बारेमा कुनै जानकारी भने दिएको छैन।
‘जेम्स चेल्सी फर्किएकी छन् । अब उनले क्लबका चिकित्सको प्रत्यक्ष निगरानीमा चोको उपचार गराउने छिन् । जेम्स कहिले मैदान फर्किनेछिन् भने अहिले नै यकिन गर्न सने अवस्था छैन,’ क्लबले भनेको छ ।
चोट लागेपछि जेम्सले गत महिना स्पेनविरुद्धको फाइनलमा पहिलो हाफमै मैदान छाडेकी थिइन् । यसैगरी उनलाई इटालीविरुद्धको सेमिफाइनलमा पनि पहिलो हाफमै परिवर्तन गरिएको थियो ।
पछिल्लो समय चोटसँग सघर्ष गरिरहेकी जेम्सले गत सिजनमा चेल्सीको लागि मात्र १७ खेल खेलेकी थिइन् ।
महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर ५ बाट सुरु हुँदैछ । साबिक विजेता चेल्सीले उद्घाटन खेलमै म्यानचेस्टर सिटीको सामना गर्नेछ ।