कामठाडौं । ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र प्रिमियर आइबी कन्टिनम स्कुल उपाधि नजिक पुगेका छन् ।
सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सिसिआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ७९-७५ ले पराजित गर्यो । सिसिआरसीको जितमा तुसार महर्जनले ३० अंक योगदान गरे ।
आरुस श्रेष्ठको २४ अंक सहयोगमा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८-७९ ले हरायो ।
फाइनल शुक्रबार हुनेछ । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
