काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्यान्ड्सकी डानिक आर्डेमालाई अनुबन्धन गरेको छ।
आर्डेमा मधेश भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि मधेशले नेदरल्यान्ड्सकै आउट साइड हिटर रोमी भिनस्ट्रासँग सम्झौता गरेको थियो ।
अनुभवी सेटर आर्डेमाले नेदरल्यान्ड्स, स्पेन र जर्मनका लिग खेलेकी छन् । पछिल्लो समय उनी डच शीर्ष डिभिजन क्लब सुडोसा डेस्टोबाट खेलिरहेकी छन् । आर्डेमाले सन् २०२४ मा उनले डच युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेस्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।
मधेशले प्रशिक्षणको जिम्मेवारी कोपिला उप्रेतीलाई सुम्पिएको छ ।
मधेश युनाइटेड टोली
निरुता ठगुन्ना (मार्की), आरति सुवेदी, कोपिला राना, सरस्वती कटेल, उषा विष्ट, बविता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना ।