काठमाडौं । नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।
ढाकास्थित इन्डोर हलमा बिहीबार भएको रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भयो ।
लगातार दोस्रो जितसँगै बंगलादेशले दुई खेलमा पाँच अंक जोडेको छ । नेपालको समान खेलबाट एक अंक छ ।
सुरुआती दुई सेट २३-२५, २०-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२३, २५-१६ ले आफ्नो पक्षमा पारेको थियो ।
पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १४-१६ ले पछि पर्यो । पहिलो खेलमा नेपाल तुर्किमिनिस्तानसँग ३-० को सोझो पराजित भएको थियो ।
अब नेपालले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
