काठमाडौं । लुम्बिनी लाभाजले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा बिहीबार मधेश युनाइटेडविरुद्ध ३-१ सेटको जित दर्ता गरेको छ ।
दोस्रो जितसँगै चार खेलमा पाँच अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लिएको छ । पराजित मधेश पाँच खेलबाट तीन अंकका साथ पुछारमा छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा लुम्बिनीले निकै रोमाञ्चक पहिलो सेट २८-२६ ले आफ्नो पक्षमा पारेको थियो । लुम्बिनीले दोस्रो सेट भने २३-२५ ले गुमायो ।
त्यसपछिका दुई सेटमा २५-१४, २५-१९ ले विजयी हुँदै लुम्बिनीले तीन अंक जोड्यो ।
बिहीबारै सम्पन्न पहिलो खेलमा काठमाडौं स्पाइकर्सले पोखरा निन्जाजविरुद्ध ३-१ सेटकै जित निकालेको थियो ।
काठमाडौं २५-१९, २५-१६, १२-२५, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
