पुस २८, २०८२ मंगलबार | ०५:५६:३७
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु

काठमाडौं । जापानको गैरनाफामूलक संस्था ‘रियले वल्र्ड’को आयोजनामा तीन दिनको महिला भलिबल प्रशिक्षण क्लिनिक काठमाडौंमा सुरु भएको छ ।

जापान र नेपालबीच खेलकुदमार्फत अवसर, आत्मविश्वास र सांस्कृति आदन-प्रदान बढाउने उद्धेश्यसहित रियले वल्र्डले राजधानीका विभिन्न पाँच विद्यालयमा प्रशिक्षण सुरु गरेको हो ।

कार्यक्रम जापानकी पूर्व भलिबल खेलाडी, ओलम्पियन काजुमी नाकामुराको संलग्नतामा भइरहेको छ । उनीसँगै जापानका विश्वविद्यालय स्तरका खेलाडीहरुको टोली पनि नेपाल आएको छ ।

बिहीबार श्री जनक माध्यमिक विद्यालय र जावलाखेल भलिबल सेन्टरमा प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो । शुक्रबार शंखधर मेमोरियल स्कुल र एपिएफ भलिबल क्लबमा कार्यक्रम भइरहेको छ ।

शनिबार अन्तिम दिन न्यू डायमन्ड एकेडेमीमा नाकामुराले आफ्नो अनुभव साट्नेछिन् ।

प्रशिक्षण सत्रहरुमा महिला विद्यार्थी तथा युवा भलिबल खेलाडीहरुलाई जापानी प्रशिक्षक टोलीले कौशल, अनुशासन, फिटनेस, टिमवर्क र आधुनिक भलिबल प्रविधिका बारेमा प्रशिक्षण दिइरहेका छन् ।

रियले वल्र्डका अनुसार कार्यक्रमको मुख्य उद्धेश्य नेपालका महिला एथलेटहरुमा आत्मविश्वास जगाउने, आफूहरुमा रहेको सम्भावनालाई बुझाउने र केवल ‘महिला भएकै कारण’ लक्ष्य नत्याग्ने प्रेरणा दिनु हो ।

तीन दिनसम्म चल्ने यो विशेष भलिबल क्लिनिकले नेपाल र जापानका युवा खेलाडीहरूबीच परस्पर सहयोग, अध्यान, अनुभूति र विकासको प्लेटफर्म तयार गर्ने विश्वास लिइएको छ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||