पुस २८, २०८२ मंगलबार | ०६:३२:१२
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शीर्ष टोलीहरुले विजय हासिल गरेको साता आइतबार आर्सनलले पनि तीन अंक जोडेको छ ।

प्रिमियर लिगको शीर्ष टोली आर्सनलले आइतबार पुछारको उल्भसलाई २–१ को नतिजामा सिकार बनायो । घरेलु इमिरेट्स रंगशालामा पाएको यो जितपछि १६ खेलमा ३६ अंक जोडेको आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि २ अंकको अग्रता कायम राख्न सफल भएको छ ।

घरेलु मैदानमा आर्सनलको जितका लागि दुवै गोल विपक्षी खेलाडीबाट आत्मघाति गोलका रुपमा उपहारस्वरुप प्राप्त भएका थिए । उल्भसका गोलकिपर साम जोनस्टोन र यार्सन मस्क्वेराले ७० र इन्ज्युरी समयमा गोल गरेपछि आर्सनल जितको लायक बनेको थियो । त्यसबीचमा टोलु अरोकोडारेले उल्भसका लागि गरेको बराबरी गोल मस्क्वेराले इन्ज्युरी समयमा आत्मघाति गोल गरेपछि सान्त्वनामा सीमित भएको थियो ।

दोस्रो स्थानको सिटीका लागि इर्लिङ हालान्डले दुई तथा फिल फोडेनले एक गोल गरेपछि टोली क्रिस्टल प्यालेस भ्रमणमा ३–० को सहज जित हासिल गर्दै शीर्ष टोलीमाथि दबाब कायम राख्न सफल भयो ।

यसैगरी वेस्ट ह्यामको भ्रमण गरेको एस्टन भिल्लाले पनि ३–२ को जित हासिल गर्दै तेस्रो स्थानमा पकड बलियो बनायो । यो जितपछि भिल्ला १६ खेलमा ३३ अंकका साथ शीर्ष टोली आर्सनलसँग ३ तथा दोस्रो स्थानको सिटीसँगको दुरी १ अंकमा कायम राख्न सफल भयो ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा सन्डरल्यान्डले न्युक्यासललाई १–० को नतिजामा हराउँदा टोटनहम नटिङघम फरेस्टसँग ३–० ले निराश भयो । लिडस युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।  


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||