मंसिर २९, २०८२ सोमबार | १४:३२:४८
इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता

इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शीर्ष टोलीहरुले विजय हासिल गरेको साता आइतबार आर्सनलले पनि तीन अंक जोडेको छ ।

प्रिमियर लिगको शीर्ष टोली आर्सनलले आइतबार पुछारको उल्भसलाई २–१ को नतिजामा सिकार बनायो । घरेलु इमिरेट्स रंगशालामा पाएको यो जितपछि १६ खेलमा ३६ अंक जोडेको आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि २ अंकको अग्रता कायम राख्न सफल भएको छ ।

घरेलु मैदानमा आर्सनलको जितका लागि दुवै गोल विपक्षी खेलाडीबाट आत्मघाति गोलका रुपमा उपहारस्वरुप प्राप्त भएका थिए । उल्भसका गोलकिपर साम जोनस्टोन र यार्सन मस्क्वेराले ७० र इन्ज्युरी समयमा गोल गरेपछि आर्सनल जितको लायक बनेको थियो । त्यसबीचमा टोलु अरोकोडारेले उल्भसका लागि गरेको बराबरी गोल मस्क्वेराले इन्ज्युरी समयमा आत्मघाति गोल गरेपछि सान्त्वनामा सीमित भएको थियो ।

दोस्रो स्थानको सिटीका लागि इर्लिङ हालान्डले दुई तथा फिल फोडेनले एक गोल गरेपछि टोली क्रिस्टल प्यालेस भ्रमणमा ३–० को सहज जित हासिल गर्दै शीर्ष टोलीमाथि दबाब कायम राख्न सफल भयो ।

यसैगरी वेस्ट ह्यामको भ्रमण गरेको एस्टन भिल्लाले पनि ३–२ को जित हासिल गर्दै तेस्रो स्थानमा पकड बलियो बनायो । यो जितपछि भिल्ला १६ खेलमा ३३ अंकका साथ शीर्ष टोली आर्सनलसँग ३ तथा दोस्रो स्थानको सिटीसँगको दुरी १ अंकमा कायम राख्न सफल भयो ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा सन्डरल्यान्डले न्युक्यासललाई १–० को नतिजामा हराउँदा टोटनहम नटिङघम फरेस्टसँग ३–० ले निराश भयो । लिडस युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।  


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team