काठमाडौं । इटालियन सिरी ए मा रोमाले दशौं जित निकाल्दै चौथो स्थान बलियो बनाएको छ । मंगलबार राति भएको खेलमा रोमाले नवप्रवेशी टोली कोमोविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो ।
रोमाले घरेलु ओलम्पिक मैदानमा गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ६१औं मिनेटमा वेस्ली फ्रान्काले विजयी गोल गरेका हुन् । माटियास सोउलले मिलाएको पासमा वेस्लीले उत्कृष्ट गोल गरेका थिए । यही गोल नै तीन अंकको लागि पर्याप्त रह्यो ।
१५ खेलमा दशौं जितपछि रोमा ३० अंकसहित चौथो स्थानमा छ । पाँचौं स्थानको युभेन्ट्स चार अंकले पछि छ । पराजित कोमा २४ अंकसहित सातौं स्थानमा रह्यो । टोलीले पाँचौं स्थानमा उक्लने अवसर गुमायो ।
सिरी एमा इन्टर मिलान १५ खेलमा ३३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थनमा एसि मिलानको ३२ र तेस्रो स्थानको नापोलीको ३१ अंक छ ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
