काठमाडौं । टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले विजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने भएको छ ।
शनिबार पत्रकार सम्मेलनमार्फत आयोजक टाइगर गुप्र अफ पोखराले प्रतियोगिताको पुरस्कार राशिको बारेमा जानकारी दियो । आयोजकका अनुसार उपविजेतालाई ३ लाख ६६ हजार ६६६ तथा तेस्रो स्थान हासिल गर्नेलाई १ लाख ६६ हजार ६६६ प्रदान गरिने छ ।
प्रतियोगिताको छैटौं संस्करण माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ तथा उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई समान ११ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ ।
आयोजकले कान्तिपुर मिडिया ग्रुप र सुश्री मिडिया प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार कान्तिपुर म्याक्सले प्रतियोगिताको प्रत्यक्ष प्रसारण तथा सुश्री मिडियाले मार्केटिङ तथा प्रचार प्रसारको काम गर्नेछन्।
