भाद्र ४, २०८२ बिहीबार | २२:४८:१२
उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल

सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित

काठमाडौं । सजिना स्याङ्तानको ह्याट्रिकप्रेरित न्युरोड टिम (एनआरटी) ले एन्फा महिला लिग छनोटमा बिहीबार लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरविरुद्ध ७-२ को सानदार जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको एनआरटी समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । लम्कीको भने यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा एनआरटीले नेपाल खेलकुद क्लबलाई ३-१ ले हराउँदा लम्की बुटवल लुम्बिनी एफसीसँग १-० ले पराजित भएको थियो ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एनआरटीका लागि टासील्हामु शेर्पा र प्रतिक्षा ठकुरीले समान दुई गोल थपे । लम्कीका तुल्छा बोहोरा र जानकी साउदले गोल फर्काए ।

खेलको ११औं मिनेटााम सजिनाको गाेलमार्फत एनआरटीले अग्रता लिएको थियो । २६औं मिनेटमा प्रतिक्षाले टोलीको अग्रता दोब्बर बनाइन् ।

तुल्छाले ३०औं मिनेट गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ३४औं मिनेटमा प्रतिक्षाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटीले ३-१ ले अगाडि बढ्यो ।

जानकीले ५४औं मिनेटमा गोल गर्दै लक्कीलाई खेलमा फर्काउने संकेत दिएकी थिइन् । तर चार मिनेटपछि नै टासीले एनआरटीका लागि चौथो गोल गरिन् ।

सजिनाले ६७ र टासीले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटीको अग्रता ६- २ मा पुग्यो ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सजिनाले ह्याट्रिक पूरा गरिन् ।

बिहीबारै सम्पन्न अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले आरएस रिसोट एन्ड बिच फुटबल क्लबलाई १-० ले पराजित गर्याे । 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas