काभा पुरुष च्यालेन्ज कप

काभा च्यालेन्ज कपः नेपाल सोझो सेटमा पराजित

फाइल फोटो

काठमाडाैं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपको दोस्रो खेलमा नेपालले मंगलाबार घरेलु टोली श्रीलंकाकासँग ३-० को सोझो सेटमा पराजय व्यहोरेको छ ।

 कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा सम्पन्न खेल नेपालले २४-२६, १८-२५, १६-२५ ले गुमाएको हो ।

सोमबार सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १९-२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट नेपालले २५-२३, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।

श्रीलंकाको यो लगातार दोस्रो जित हो । श्रीलंकाले पहिलो खेलमा साउदी अरेबियालाई २५-१९, २५-१७, २६- २४ ले स्तब्ध बनाएको थियो ।

नेपालले अब बुधबार अफगानिस्तानको सामना गर्नेछ । अक्टोबर १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।