एपेक्स कप क्रिकेट

एपेक्स कप क्रिकेटः ब्लुबर्ड च्याम्पियन

काठमाडौं । फोनिक्स कलेजलाई ६ विकेटले पराजित गर्दै ब्लुबर्ड कलेज एपेक्स आइसिसी कप क्रिकेट प्रयितोगिताको च्याम्पियन बनेको छ ।  

मुलपानी क्रिकेट रंगशाला (तल्लोमा) फोनिक्सले प्रस्तुत गरेको ६३ रनको लक्ष्य ब्लुबर्डले १७.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।  ब्लुबर्डका लागि प्रभात हाङखिमले ३१ रनको योगदान गरे । 

फोनिक्सका लागि  समिर विष्टले २ तथा कृष अय्यर र राजकुमार शाहले समान १ विकेट लिए  । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको फोनिक्सले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनको योगफल तयार पारेको थियो । फोनिक्सका लागि सुशान्तसिंह थापाले १८, रविन्द्र भुषालले १२ र राजकुमार शाहले ११ रन बनाए । 

ब्लुबर्डका लागि विपिन आचार्यले ४, अविनाश बस्यालले २ र सुवास खत्रीले १ विकेट लिए ।

उपाधिसँगै ब्लुबर्डले १ लाख ५० हजार रुपैयाँसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता फोनिक्सले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

फोनिक्सका कृष अय्यर प्रतियोगिताको सर्वोकृष्ट खेलाडी तथा उत्कृष्ट बलर घोषित भए । यसैगरी जेभियर इन्टरनेसनल कलेजका रुपेश बस्याल उत्कृष्ट ब्याटर चुनिए ।