काभा च्यालेन्ज कप

काभा च्यालेन्ज कपः नेपालको विजयी सुरुआत

फाइल तस्बिर

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपमा नेपालले विजयी सुरुआत गरेको छ ।

कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १९-२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट नेपालले २५-२३, २५-२१ ले आफ्नो पक्षमा पार्यो । नेपालले बंगालदेशलाई ५ वर्षपछि हराएको हो । 

अक्टोबर १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।

अब नेपालले मंगलबार आयोजक श्रीलंकाको सामना गर्नेछ ।