१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः नेपाल भारतसँग पराजित

फाइल फोटो

काठमाडौं ।  नेपाल चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको महिला भलिबलमा भारतसँग ३-१ को सेटमा पराजित भएको छ ।

वरीयता निर्धारणका लागि भएको  खेलकाे पहिलो सेट नेपालले २३-२५ ले गुमाएको थियो । २७ मिनेट चलेको सेटमा नेपालले कयौं पटक अग्रता लिएपनि जोगाउन सकेन ।

३० मिनेट चलेको प्रतिस्पर्धात्मक दोस्रो सेट २८-२६ ले आफ्नो पक्षमा पर्दै नेपालले खेलमा फर्किने संकेत गरेको थियो । तर त्यसपछिका दुई सेट २३-२५, १७-१५ ले गुमाउँदा नेपाल स्तब्ध बन्यो । ति सेट क्रमशः २८ र २३ मिनेट चलेको थियो ।

यसअघि समूह चरणमा नेपाल भियतनाम र दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको थियो ।