अस्ट्रेलियन ओपन

रोमाञ्चक जित निकाल्दै सित्सिपस क्वाटरफाइनलमा

काठमाडौं । विश्व नम्बर चार स्टेफानो सित्सिपास वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सित्सिपासले आइतबार सम्पन्न चौथो चरणको खेलमा  इटालिका जानिक सिनलाई ३-२ को सेटमा पराजित गरेका हुन् ।

रोड लेभर एरिनामा सुरुआती दुई सेट गुमाए पनि सित्सिपसले उत्कृष्ट पुनारागमन गर्दै जित निकाले । सित्सिपासले सुरुआती दुई सेट ४-६ र ४-६ ले गुमाए पनि त्यसपछिका तीन सेट ६-३, ६-४ र ६-३ ले आफ्नो पक्षमा पारे ।

सित्सिपस डच खेलाडी तालोन ग्रिकस्पुरलाई  ६-२, ७-६ (७-५) र ६-३ तथा सिनरले हंगेरीका मार्टन फुक्सोविक्सलाई ४-६,४-६, ६-१, ६-२  र  ६-० ले हराउँदै चौथो चरणमा प्रवेश गरेका थिए ।