माघ १४, २०८२ बुधबार | १९:४७:४०
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

देवी र दीपको जोडी सेमिफाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगितामा ३५ वर्ष उमेर समूहको डबल्समा देव क्षेत्री र दीप जंगबहादुर राणाको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

मण्डिखाटार टेनिस कोर्टमा बुधबार भएको प्रतिस्पर्धामा देव र दीपको जोडीले राजेन्द्र भट्ट र नवाङ लामाको जोडीलाई ६-१,६-१ को सेटमा पराजित गर्यो ।

यसैगरी निमा लामा र विभु कायस्थ, प्रवेश पन्त र ब्रिजेश लाकोल तथा सिमान्त गुरुङ र भीष्म गुरुङको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरे ।

५५ वर्ष माथिको सिंगल्समा विमलकुमार गुरुङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनले ऋषिराम पण्डीतलाई ६-१,६-४ को सेटमा पराजित गर्दै अन्तिम ८ मा  स्थान पक्का गरे ।

यसैगरी ३५ वर्ष  सिंगल्सतर्फ मनो विक्रम शाहले सुशील पाण्डेलाई ६-१, ६-१ को सेटमा स्तब्ध बनाउँदै अन्तिम ८ को यात्रा तय गरे । यही समूह अन्तर्गत निरञ्जन श्रेष्ठले वकाओभर पाउँदै क्वाटरफाइनलको स्थान पक्का गरेका थिए । त्यस्तै विनोद कायस्थले बाबु कुमार कार्कीलाई ६-१, ६-१ को सेटमा हराउँदै  अन्तिम ८ मा पुगे  ।

४५ वर्षमाथिको सिंगल्समा महेश श्रेष्ठ वाकओभर पाउँदै अन्तिम ८ मा पुग्दा सञ्जिव कुमार श्रेष्ठले मेघेन्द्र प्रकाश गिरीलाई ७-५, २-६, १०-३ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

यसैगरी  प्रदीप शाहले महादेव भण्डारीलाई पराजित गर्दा यज्ञबहादुर भण्डारीले हेमराज ढकालको  यात्रामा पूर्णविराम लगाए । त्यस्तै ४५ वर्षकै सिंगल्समा आशिष सिग्देल, युवराज थापा, गोपी भट्टराई, सूर्य गिरीले अन्तिम ८ को यात्रा तय गरे ।

४५ वर्षमाथिको डबल्समा निमा लामा र आशिष सिंग्देलले अन्तिम ८ मा स्थान बनाएका छन् । उनीहरुले राजु गुरुङ र महेश स्वारलाई ६-१,६-२ को सेटमा पराजित गरे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।