फाल्गुन २३, २०८२ शनिबार | ०६:००:३४
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा

देवी र दीपको जोडी सेमिफाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगितामा ३५ वर्ष उमेर समूहको डबल्समा देव क्षेत्री र दीप जंगबहादुर राणाको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

मण्डिखाटार टेनिस कोर्टमा बुधबार भएको प्रतिस्पर्धामा देव र दीपको जोडीले राजेन्द्र भट्ट र नवाङ लामाको जोडीलाई ६-१,६-१ को सेटमा पराजित गर्यो ।

यसैगरी निमा लामा र विभु कायस्थ, प्रवेश पन्त र ब्रिजेश लाकोल तथा सिमान्त गुरुङ र भीष्म गुरुङको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरे ।

५५ वर्ष माथिको सिंगल्समा विमलकुमार गुरुङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनले ऋषिराम पण्डीतलाई ६-१,६-४ को सेटमा पराजित गर्दै अन्तिम ८ मा  स्थान पक्का गरे ।

यसैगरी ३५ वर्ष  सिंगल्सतर्फ मनो विक्रम शाहले सुशील पाण्डेलाई ६-१, ६-१ को सेटमा स्तब्ध बनाउँदै अन्तिम ८ को यात्रा तय गरे । यही समूह अन्तर्गत निरञ्जन श्रेष्ठले वकाओभर पाउँदै क्वाटरफाइनलको स्थान पक्का गरेका थिए । त्यस्तै विनोद कायस्थले बाबु कुमार कार्कीलाई ६-१, ६-१ को सेटमा हराउँदै  अन्तिम ८ मा पुगे  ।

४५ वर्षमाथिको सिंगल्समा महेश श्रेष्ठ वाकओभर पाउँदै अन्तिम ८ मा पुग्दा सञ्जिव कुमार श्रेष्ठले मेघेन्द्र प्रकाश गिरीलाई ७-५, २-६, १०-३ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

यसैगरी  प्रदीप शाहले महादेव भण्डारीलाई पराजित गर्दा यज्ञबहादुर भण्डारीले हेमराज ढकालको  यात्रामा पूर्णविराम लगाए । त्यस्तै ४५ वर्षकै सिंगल्समा आशिष सिग्देल, युवराज थापा, गोपी भट्टराई, सूर्य गिरीले अन्तिम ८ को यात्रा तय गरे ।

४५ वर्षमाथिको डबल्समा निमा लामा र आशिष सिंग्देलले अन्तिम ८ मा स्थान बनाएका छन् । उनीहरुले राजु गुरुङ र महेश स्वारलाई ६-१,६-२ को सेटमा पराजित गरे ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||