चैत्र १०, २०८२ मंगलबार | २३:५१:१५
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

मण्डिखाटार एमेच्योर टेनिस सुरु

काठमाडौं । मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन टेनिस संघका पूर्व अध्यक्ष मनोज शमसेर जवराले  गरे।  

चैत २५ गतेसम्म हुने प्रतियोगितामा विभिन्न उमेर समूहमा १२७ जनाएका छन् । प्रतियोगितामा ३५, ४५, ५५ वर्षमुनि तथा ६५ वर्षमाथि गरी चार उमेर समूह समावेश छ ।  जसमा सिंगल र डबल्स गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन ६५ वर्षमाथिमा सहदेव ढुंगाना र रत्न गुरुङको जोडीले वाकओभर पाउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो  ।

यसैगरी अर्को खेलमा धिर गुरुङ र रविन्द्र श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । उनीहरुले भिक्टर जवरा र नोरक्याल टास्टेनको जोडीर्लाइ ६-३, ६-३ को सेटमा हराए ।

यस्तै ६५ वर्षमाथिको एकलमा धुव्र गुरुङले राजेन्द्रजंग कार्कीलाई ६-४,६-१ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । त्यस्तै ४५ वर्षमाथिमा  प्रदीप शाहले गोपाल ज्ञवालीलाई ६-१, ६–३ को सेटमा हराउँदै अन्तिम १६ को यात्रा तय गरे ।

५५ वर्षमाथिमा विनोद कायस्थ, मनोज शाहले वाकओभर पाउँदै अन्तिम १६मा स्थान पक्का गरे । ४५ वर्षमाथिमा केशर गुरुङले मनोज कुमार श्रेष्ठलाई ६-१, ६-३ को स्कोरमा पराजित गर्दै तथा हेमराज ढकाल वाकओभर पाएर अर्को चरणमा पुगे ।

३५ वर्षमाथिमा सोवित गौचन र नकुल थापाले अन्तिम १६मा स्थान बनाए । यसैगरी ४५ वर्ष माथिको डबल्समा किरन नेपाल र ओम अधिकारीको जोडीले गोपाल दास र निरेश श्रेष्ठको जोडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्दा ३५ वर्ष माथिको सिंगल्समा ब्रिजेस लाकोल, दीप जंगबहादुर राणाले अन्तिम १६ को यात्रा तय गरे ।

यसैगरी ४५ वर्षमाथिको एकलमा  मृगेन्द्रप्रसाद गिरी र  सञ्जीवकुमार श्रेष्ठले  अन्तिम १६ मा स्थान पक्का गरे । ३५ वर्षको सिंगल्समा कृष्ण उप्रेती विजयी हुँदै अगाडि बढ्दा समिर गुरुङले वाकओभर पाएर अन्तिम १६ मा स्थान पक्का गरे ।

यसैगरी ३५ वर्षमा एलम दिक्षितले अन्तिम १६ मा स्थान पक्का गर्दा ५५ वर्ष सिंगल्समा जीवन घिमिरे, राम राणा, शिव सेडाईं र प्रदीप शाहले अन्तिम १६ मा आफूलाई सुरक्षित गरे । ३५ वर्षको डबल्समा राजु श्रेष्ठ र डीगेन्द्र श्रेष्ठ, निमा लामा र विभु कायस्थ तथा प्रवेश पन्त र ब्रिजेश लाकोलले क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

 ३५ वर्षमुनिमा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । ४५ र ५५ वर्षमुनिमा प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् ।

३५ वर्षको डबल्समा भने प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको प्रदान गरिनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो