माघ ९, २०८२ शुक्रबार | २१:५५:४८
भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार

मण्डिखाटार एमेच्योर टेनिस सुरु

काठमाडौं । मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन टेनिस संघका पूर्व अध्यक्ष मनोज शमसेर जवराले  गरे।  

चैत २५ गतेसम्म हुने प्रतियोगितामा विभिन्न उमेर समूहमा १२७ जनाएका छन् । प्रतियोगितामा ३५, ४५, ५५ वर्षमुनि तथा ६५ वर्षमाथि गरी चार उमेर समूह समावेश छ ।  जसमा सिंगल र डबल्स गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन ६५ वर्षमाथिमा सहदेव ढुंगाना र रत्न गुरुङको जोडीले वाकओभर पाउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो  ।

यसैगरी अर्को खेलमा धिर गुरुङ र रविन्द्र श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । उनीहरुले भिक्टर जवरा र नोरक्याल टास्टेनको जोडीर्लाइ ६-३, ६-३ को सेटमा हराए ।

यस्तै ६५ वर्षमाथिको एकलमा धुव्र गुरुङले राजेन्द्रजंग कार्कीलाई ६-४,६-१ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । त्यस्तै ४५ वर्षमाथिमा  प्रदीप शाहले गोपाल ज्ञवालीलाई ६-१, ६–३ को सेटमा हराउँदै अन्तिम १६ को यात्रा तय गरे ।

५५ वर्षमाथिमा विनोद कायस्थ, मनोज शाहले वाकओभर पाउँदै अन्तिम १६मा स्थान पक्का गरे । ४५ वर्षमाथिमा केशर गुरुङले मनोज कुमार श्रेष्ठलाई ६-१, ६-३ को स्कोरमा पराजित गर्दै तथा हेमराज ढकाल वाकओभर पाएर अर्को चरणमा पुगे ।

३५ वर्षमाथिमा सोवित गौचन र नकुल थापाले अन्तिम १६मा स्थान बनाए । यसैगरी ४५ वर्ष माथिको डबल्समा किरन नेपाल र ओम अधिकारीको जोडीले गोपाल दास र निरेश श्रेष्ठको जोडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्दा ३५ वर्ष माथिको सिंगल्समा ब्रिजेस लाकोल, दीप जंगबहादुर राणाले अन्तिम १६ को यात्रा तय गरे ।

यसैगरी ४५ वर्षमाथिको एकलमा  मृगेन्द्रप्रसाद गिरी र  सञ्जीवकुमार श्रेष्ठले  अन्तिम १६ मा स्थान पक्का गरे । ३५ वर्षको सिंगल्समा कृष्ण उप्रेती विजयी हुँदै अगाडि बढ्दा समिर गुरुङले वाकओभर पाएर अन्तिम १६ मा स्थान पक्का गरे ।

यसैगरी ३५ वर्षमा एलम दिक्षितले अन्तिम १६ मा स्थान पक्का गर्दा ५५ वर्ष सिंगल्समा जीवन घिमिरे, राम राणा, शिव सेडाईं र प्रदीप शाहले अन्तिम १६ मा आफूलाई सुरक्षित गरे । ३५ वर्षको डबल्समा राजु श्रेष्ठ र डीगेन्द्र श्रेष्ठ, निमा लामा र विभु कायस्थ तथा प्रवेश पन्त र ब्रिजेश लाकोलले क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

 ३५ वर्षमुनिमा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । ४५ र ५५ वर्षमुनिमा प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् ।

३५ वर्षको डबल्समा भने प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको प्रदान गरिनेछ ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate