आइसिसी

२०२८ को ओलम्पिकमा क्रिकेट समावेश भएमा ६ टोली सहभागि गराउने आइसिसीको प्रस्ताव

काठमाडौं ।  पछिल्लो समाय क्रिकेटलाई ओलम्पिकमा समावेश गराउने लक्ष्यमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेट समावेश भए पुरुष र महिला दुवैतर्फ समान ६ टोली सहभागि गराउने  प्रस्ताव गरेको छ ।

आइसिसीले क्रिकेटलाई समावेश गराउनका लागि अमेरिकाको ओलम्पिक कमिटी तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी दुवैसँग निरन्तर छलफल गरिरहेको छ।

आइसीसीको प्रस्ताव अनुसार निश्चित कट अफ मितिमा शीर्ष ६ मा रहने टोलीले ओलम्पिकमा सिधै प्रवेश पाउनेछन् । पुरुष र महिला दुवैका लागि एउटै विधि अपनाइनेछ । कटअफ मिति कुन हुने भन्ने निर्णय भने भइसकेको छैन ।

सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेटलाई समावेश गरिएको थियो। त्यसपछि क्रिकेट ओलम्पिकको हिस्सा बनेको छैन ।  पेरिस ओलम्पिकको क्रिकेट प्रतियोगितामा इङ्ल्यान्ड र फ्रान्स मात्र सहाभागि हँदा इंग्ल्याण्डले स्वर्ण र फ्रान्सले रजत जितो थिए ।

फेब्रुअरी २०२३ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिले पहिले नै निर्णय गरिसकेका २८ खेलहरूको सूचीमा कतिलाई थप्न सकिन्छ भनेर विचार गर्नेछ।